• १५ असोज २०८३, बिहीबार
  • ११ः२१ राती

प्रधानन्यायाधीश राणामाथिको महाअभियोगमा आज संसदमा छलफल हुँदै

प्रकाशित मिति

२०७९ श्रावण २२ गते, आईतवार १०:५१

२२ साउन २०७९, काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग प्रस्तावमाथि आइतबार प्रतिनिधि सभामा छलफल हुँदैछ। आइतबार ११ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा राणाविरूद्धको महाअभियोगबारे छलफल हुने उल्लेख छ। गत फागुन १ गते सत्तारूढ दलका सांसदहरूले राणाविरूद्ध संसदमा महाअभियोग दर्ता गराएका थिए। महाअभियोग दर्ता भएसँगै राणा निलम्बनमा परेका छन्।

National Life

महाअभियोग दर्ता भएको छ महिना बित्न लाग्दा पनि प्रक्रिया अघि नबढाएको भन्दै प्रमुख प्रतिपक्षी दलले सरकार र सत्तारूढ दलको आलोचना गरेको थियो।


आइतबारको कार्यसूचीमा महाअभियोगबारे छलफल गर्ने उल्लेख भए पनि छलफल कहिलेसम्म लम्बिन्छ भन्ने टुंगो छैन। राणाविरूद्धको महाअभियोगमाथि छानबिन गर्न संसदले समिति पनि बनाएको छ। प्रतिनिधिसभा नियमावलीको नियम १६३ को ४ मा समितिले संसदबाट प्रस्ताव आएको बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसदमा पेस गर्नुपर्ने व्यवस्था छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया