• १८ असोज २०८३, आइतबार
  • २ः०८ राती

बाबुरामको नयाँ पार्टीको बैठक बस्दै

प्रकाशित मिति

२०७९ श्रावण २१ गते, शनिबार ०९:५३

२१ साउन २०७९, काठमाडौँ : नेपाल समाजवादी पार्टीको बैठक आज बस्ने भएको छ। बैठकमा आगामी निर्वाचनबारे छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् । त्यसैगरी चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने उनले बताए।

National Life

हालै दर्ता भएको पार्टी भएकाले संगठन निर्माणसम्बन्धी विषयमा पनि छलफल हुनेछ। केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी आवश्यक निर्णय हुने जनाइएको छ।

प्रतिकृया