• १७ भदौ २०८३, बुधबार
  • ४ः३० बेलुका

कोरोना बढ्न थालेपछि नाकामा सतर्कता

प्रकाशित मिति

२०७९ श्रावण १८ गते, बुधबार ११:३६

१८ साउन २०७९, काठमाडौं: बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ। भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको जमुनाह नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको छ ।


जमुनाह नाकामा अहिले सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ता र भारतबाट घर फर्किने नेपालीको भीड लाग्ने गरेको छ । दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको जोखिम फेरि बढ्न सक्ने उनले बताए ।

Kamana Sewa

भारतबाट दिनहुँ भित्रिनेको सीमानाका जमुनाहमा प्रभावकारीरूपले स्वास्थ्य जाँच गराएर मात्र घर फर्किने व्यवस्था गरिएको छ । जमुनाह नाका हुँदै भारतबाट आउने नेपाली मजदुरलाई स्वास्थ्य जाँच गराएर मात्र भित्रिन दिइएकोे इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताए । बाँकेमा हाल ४३ सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।

Classic Tech Desktop

प्रतिकृया