• १७ असोज २०८३, शनिबार
  • ५ः१६ बेलुका

२१ अर्ब ९ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

प्रकाशित मिति

२०७९ जेष्ठ २३ गते, सोमबार १२:५८

२३ जेठ २०७९, काठमाडौंः नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

National Life

उक्त ट्रेजरी बिल भदौ २१ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनको अवधिको लागि १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर २० गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ६ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि।सं २०८० साल जेठ २३ गते परिपक्क हुनेछ ।

प्रतिकृया