• ४ साउन २०८३, सोमबार
  • ८:१५ बेलुका

अन्तरिक्षमा स्याटेलाइट पठाउन स्पिनलन्चको परीक्षण, रकेट प्रक्षेपणभन्दा दश गुणा सस्तो पर्ने

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०४:२०

१९ जेठ २०७९, काठमाडौंः अन्तरिक्षमा केही नयाँ गर्ने महत्वाकांक्षाका साथ सुरु भएको सिलिकन भ्याली स्टार्टअप स्पिनलन्चले केही दिन अघि मात्र न्यू मेक्सिकोबाट परीक्षण संचालन गरेको छ। सो स्टार्टअपको परीक्षणको चकित पार्ने भिडियो फुटेज बाहिरिएपछि यसबारे थप कौतुहल सिर्जना भएको छ।


स्पिनलन्च एक महत्वाकांक्षी स्टार्टअप हो जसले अन्तरिक्षमा भू उपग्रहहरु प्रक्षेपण गर्नुको सट्टा त्यहाँ घुमिरहने अर्थात स्पिन गर्ने अवधारणामा प्रयोग र परीक्षण गर्दै आएको छ।

Kamana Sewa

कम्पनीको आठौं परीक्षणका रुपमा गत अप्रिल २२ मा भएको उडानमा पहिलो पटक अन(बोर्ड क्यामेरा समावेश गरिएको थियो। भ्याकुमसिल गरिएको सेन्ट्रीफ्यूजमा १,००० माइल प्रति घण्टा भन्दा बढीको गतिमा घुमाइएपछि सो क्यामराले २५,००० फिट जमिन माथि उचाईमा रहेको प्रोजेक्टाइलको भिडियो प्रस्तुत गरेको छ।

Classic Tech Desktop

अप्रिलको अन्त्यमा स्पिनलन्चले सार्वजनिक गरेको उक्त भिडियोले जतिजति स्याटलाइट जमिनभन्दा माथि जन्छ त्यति नै न्यू मेक्सिकन मरुभूमि संकुचित हुँदै गएको र घुमिरहेको देखाउँदछ।


स्पिनलन्चले अहिलेसम्म सञ्चालन गरिएको परीक्षण उडानहरू भन्दा अझै द्रुत गतिमा धेरै माथि पुग्ने उडान संचालन गर्ने लक्ष्य राखेको छ।


कुनै उपकरणलाई ध्वनिको गतिभन्दा छिटो घुमाउन र त्यसपछि माथितिर लैजान उपग्रहहरूलाई अर्बिटमा राख्नका लागि सो उपकरणले प्रतिघण्टा १७ हजार माइलभन्दा बढी यात्रा गर्नुपर्ने हुन्छ। त्यसको मतलब स्पिनलन्चले अहिले सम्म गरेको परीक्षण उडानहरूभन्दा झन्डै १७ गुणाले छिटो हुन्छ। धेरैजसो प्रक्षेपण कम्पनीहरूले ठाडो रूपमा प्रक्षेपित रकेटहरू प्रयोग गर्छन् जुन रकेटलाई जमिनबाट बाहिरी अन्तरिक्षमा विस्फोट गर्न धेरै मात्रमा इन्धन र विशाल रकेट इन्जिनहरूमा निर्भर हुन्छन्।


स्पिनलन्चले एउटा सानो रकेटलाई ठूलो सेन्ट्रीफ्यूजमा राख्ने योजना बनाएको छ जसले यसलाई अर्बिटमा पुग्न आवश्यक पर्ने धेरै भन्दा धेरै गतिलाई जम्मा गर्नको लागि वरिपरि घुमाउनेछ। त्यसपछि, रकेट सेन्ट्रीफ्यूजबाट बाहिर उड्नेछ, हजारौं फिटको उचाइमा पुग्नेछ र एउटा सानो इन्जिनलाई स्पेसमा स्याटेलाइट छोड्नको लागि आफ्नो यात्रा जारी राख्नेछ।


स्पिनलन्चको अनुसार यो विधिले ठाडो रूपमा प्रक्षेपण रकेटहरू चाहिने इन्धनको एक चौथाई मात्र प्रयोग गर्न सक्छ, र यो दस गुणा सस्तो पनि हुन सक्छ। कम्पनीले गत वर्ष गरेको पहिलो परीक्षण प्रक्षेपणले कम्पनीको टेक्नोलोजीका मुख्य भागहरूलाई ूमान्यताू दिएको बताएको छ।


यद्यपि अझै धेरै कुरा गर्न बाँकी रहेको स्पिनलन्चले बताउँछ। मेकानिक्सलाई अझ राम्रोसँग बुझ्न र प्रणालीलाई राम्रो बनाउन काम अघि बढाउँदै गरेको यस स्टार्टअपले अझै पनि स्केल्ड(डाउन सेन्ट्रीफ्यूज प्रयोग गरिरहेको छ। कम्पनीका अनुसार लगभग १६५ फिट अग्लो र ग्रामीण न्यू मेक्सिकोको एक निजी स्पेसपोर्ट नजिकै राखिएको परीक्षण प्रणाली, प्ल्यान्ड अर्बिटल प्रक्षेपण प्रणालीको लगभग एक तिहाइ आकार भएको बताइएको छ ।

आफुले प्रक्षेपण प्रविधिमा ल्याएको नाटकीय परिवर्तनले यसलाई प्रतिस्पर्धात्मक सफलता दिने स्पिनलन्चको दाबी छ। अहिलेसम्म यस कम्पनीले एयरबस भेन्चर्स र जिभी लगायतका केही हाईप्रोफाइल लगानीकर्ताहरूको साथ प्राप्त गरेको छ।


कम्पनीले सन् २०२२ भित्रै यसलाई बजारमा ल्याउने योजना अनुसार काम गरिरहेको कम्पनीका सिइओ जोनाथन यानेले बताए।

प्रतिकृया