५ लाखसम्म कमाउनेले १ प्रतिशतमात्रै कर तिर्नु पर्ने

प्रकाशित मिति

२०७९ जेष्ठ १५ गते, आईतवार ०७:१९

janarjan sharma 1 e1653823440690

१५ जेठ २०७९, काठमाडौँ : सरकारले आयकरको सीमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।


यस्तै दम्पतीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।विद्यमान व्यवस्थाअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पतीले चार लाख ५० हजार रुपैयाँसम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ ।

प्रतिकृया