• 12:05 am

पल शाहको थुनछेक सुनुवाइ निवेदकबाटै स्थगित

प्रकाशित मिति

May 26, 2022

१२ जेठ २०७९, काठमाडौंः नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहको थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।


एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।


दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।

प्रतिकृया