• 12:19 am

एनसेलले पुल्चोक क्याम्पसका सर्वोत्कृष्ट १८ जनालाई दियो छात्रवृत्ति, ६ जनालाई सम्मान

प्रकाशित मिति

२०७९ जेष्ठ १२ गते, बिहीबार ०१:३५

Group1 small 1 e1653551337346

१२ जेठ २०७९,काठमाडौं: एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ।


एनसेलको मुख्य कार्यालय लैनचौरमा आयोजित एक विशेष कार्यक्रमबीच विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकको उपस्थितीमा उक्त छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो। २०७१ सालबाट सुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको एनसेलले जनाएको छ।


यस कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिने बताइएको छ।


२०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको बताइएको छ। साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो। इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए।


त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशाल मणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तिय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेको एनसेलले जनाएको छ।


कोभिड–१९ महामारीका कारण गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको कार्यक्रम आयोजना गर्न नसकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८ जनालाई छात्रवृत्ति र ६ जना विद्यार्थीलाई उत्कृष्टता सम्मानको प्रमाण पत्र पनि प्रदान गरिएको एनसेलले जनाएको छ।


‘यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमका लागि एनसेलसँग सहकार्य गर्न पाएकोमा निकै खुसी छौं। यो कार्यक्रमले उदीयमान हाम्रा युवा प्रतिभाहरुका ज्ञान अभिवृद्धि गर्न ठूलो भूमिका खेलेको छ। यसले ज्ञानको विकासमा योगदान पुर्याउँछ। २०७१ सालदेखि यस कार्यक्रमलाई निरन्तरता दिएकोमा हामी एनसेल प्रति आभारी छौं,’ इन्जिनियरिङ अध्ययन संस्थानका डीन जोशीले भने।


‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम हाम्रा सामाजिक पहलहरुमध्ये निकै प्रशंसा गरिएको एक कार्यक्रम हो। प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ। व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ र यसलाई हामी निरन्तर उच्च प्राथकितामा राख्छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले भने।


एनसेल छात्रवृत्ति इन्जिनियरिङ पाँच संकायमा स्नातक तहको प्रथम, द्धितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्धितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एकरएक जना गरी तीन छात्राले यो छात्रवृति पाउने एनसेलले जनाएको छ।


यसैगरी उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहको पढाइ सकेका प्रत्येक संकायका १र१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्ने बताइएको छ।


हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको एनसेलले जनाएको छ।

प्रतिकृया