• १८ असोज २०८३, आइतबार
  • ५ः१९ बेलुका

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहालको विजय निश्चित

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०५:५९

१० जेठ २०७९, चितवन : चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको विजय सुनिश्चित भएको छ। जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको विजय सुनिश्चित भएको हो।

National Life

निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ४७ हजार २३८ मत ल्याएकी छन्। त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ६९६ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ३२१ मत छ। दाहाल र दोस्रो स्थानमा रहेका सुवेदीबीचको मतान्तर ११ हजार भन्दा बढी छ। जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो। त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरले विजयी सुनिश्चित गरेका छन्।


उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत छ। अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर छ। भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दुई वडाको मतपरिणाम सार्वजनिक भएसँगै भरतपुरको नतिजा औपचारिक रुपमा आयोगले घोषणा गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया