• १६ असोज २०८३, शुक्रबार
  • ७ः१३ बिहान

बालेन शाहले भने–परिवर्तन गर्न मतदाताहरु उत्साहित छन्

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०९:००

३० बैशाख २०७९, काठमाडौँ : काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदाताहरु परिवर्तन गर्न उत्साहित रहेको बताएका छन् । उनले महानगरबासीहरु परिवर्तनका लागि आफ्नो सपना साकार पार्न तयार रहेको पनि बताए ।

National Life

राजधानीको बसन्तपुरस्थित मतदान केन्द्रमा सञ्चारकर्मीसँग बोल्दै उनले आज ५ बजेपछि परिवर्तन आउने प्रतिक्रिया दिए । बिहानैदेखि शाह मतदानस्थलको अवलोकनमा निस्किएका छन् । उनले तीनकुनेस्थित मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ ।

प्रतिकृया