• १६ असोज २०८३, शुक्रबार
  • ६ः३९ बिहान

दुई पक्षीय झडपपछि दोलखामा चल्यो गोली

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०८:४१

३० बैशाख २०७९, काठमाडौँ : दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको जानकारी दिए ।

National Life

झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए । यस्तै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको उनले बताए ।

प्रतिकृया