• १७ असोज २०८३, शनिबार
  • ८ः५२ बिहान

पश्चिमी प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन छोड्दै रुस

प्रकाशित मिति

२०७९ बैशाख १८ गते, आईतवार ०४:२४

१८ बैशाख २०७९, काठमाण्डौं : रुसको अन्तरिक्ष कार्यक्रमका प्रमुखले मस्को अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट बाहिरिने बताएका छन् । युक्रेनमा रुसले गरेको आक्रमणको विरोधमा रुसमाथि प्रतिबन्ध लगाइएका कारण आईएसएसबाट रुस बाहिरिन लागेको त्यहाँको सरकारी मिडियाले जनाएको छ ।

National Life

रुसको अन्तरिक्ष कार्यक्रम रोसकसमोसका महानिर्देशक दिमित्री रोगोजिनले शनिबार राज्य टिभीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘निर्णय पहिले नै लिइएको छ, हामी सार्वजनिक रूपमा यसको बारेमा कुरा गर्न बाध्य छैनौं’, तास र आरआईउ नोवोस्ती मिडियाले जनाएको छ ।


म यो मात्र भन्न सक्छु, हाम्रो दायित्व अनुसार, हामी हाम्रा साझेदारहरूलाई आईएसएसबाट हट्नेबारेमा एक वर्षको सुचना निकालेर सूचित गर्नेछौं, उनले भनेका छन् । यसअघि रोगोजिनले अमेरिका, युरोपियन युनियन र क्यानडाले रुसी अन्तरिक्ष सम्बन्धी कम्पनीमाथिको प्रतिबन्ध नहटाए रुसबाट यो कार्यक्रमबाट बाहिरिने चेतावनी दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तरिक्ष एवं कक्षीय अनुसन्धान कार्यक्रम अन्तर्गत आईएसएस रुस, अमेरिका र यसका सहयोगीबीचको एक सहकार्य कार्यक्रम थियो । तर, गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमणगरेपछि अन्तरिक्ष क्षेत्रको सहकार्य पनि टुट्ने भएको हो । तीन अमेरिकी र एक इटालियन अन्तरिक्ष यात्री बुधबार स्पेस स्टेशनमा पुगेका छन् । तीन अन्य अमेरिकी, तीन रूसी र एक जर्मन अन्तरिक्ष यात्री पहिलेदेखि नै त्यहाँ थिए ।


सन् २०३० सम्म स्पेस स्टेशन सञ्चालन गर्ने योजना बनाएको नासाले अन्तरिक्ष यात्रीहरूलाई आईएसएसमा लैजान र आवश्यक सामान ढुवानी गर्न रूसी सोयुज अन्तरिक्ष यान प्रयोग गर्दै आएको छ ।


यद्यपि, पछिल्ला दिनहरुमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासा निजी कम्पनीमाथि भर परेको छ । एलोन मस्कको स्पेसएक्सले बुधबार नासा र युरोपेली अन्तरिक्ष एजेन्सीको लागि ती चार अन्तरिक्ष यात्रीलाई त्यहाँ पठाएको थियो ।

प्रतिकृया