गोकर्णेश्वर नगरपालिकामा नमूनाको काम तथ्याङ्कमा आधारित
प्रकाशित मिति
२०७९ बैशाख ९ गते, शुक्रबार ०१:११
९ वैशाख २०७९, काठमाण्डौं : देशका ७५३ स्थानीय तह मध्ये काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले तथ्याङ्कमा आधारित योजना निर्माण गर्दै आएको छ । हरेक विषयका योजना निर्माण गर्दा तथ्याङ्क आधारित रहेर योजना बनाउँदै आएको हो ।
नगरपालिकाले डाटा सर्वे गरी तथ्याङ संकलन गरेकाले विकासका योजना निर्माण गर्दा तथ्यामा आधारित भएर योजना बनाउदैं गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले जानकारी दिए ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, फोहोर मैला व्यस्थापन , कृषिमा र विकास निर्माण लाई मुख्य लक्ष्य बनाइ डटासर्भे गरेको र अहिले सोही डाटाका आधारमा योजना निर्माण गर्नको लागि सहज भएको जानइएको छ ।
नगर प्रमुख सन्तोष चालिसेले भौतिक पुनःनिर्माणमा सबै वडामा बाटो ढलान, मठमन्दिर पुनःनिर्माण उत्तरगया धाम पवित्र तिर्थस्थल बन्न लागेको जानकारी दिए । उनका अनुसार उत्तरगया धाम मुलुकै प्रमुख तिर्थस्थल हुँदैछ । उक्त धाममा ४० करोडको लागनी भएको छ । पहिला र अहिले ठूलो परिवर्तन आएको छ ।
गृहेश्वरदेखि बागद्धारसम्म अहिले सहजरुपमा मोटर साइकलमा जान सक्ने बताइएको छ । विभिन्न स्थानको घाट पुनःनिर्माण भएका छन । खानेपानीका सबै योजना सम्पन्न हुने भएको छ । सुन्दरजली जोरपार्टी सडक अन्तिम चरणमा पुगेको छ । चार वर्षभित्रमा यत्तिको ठूलो परिवर्तन सोचेको भन्दा बढि काम भएको जनाइएको छ । कुनैले औषधी खान पाइन भन्ने व्यक्ति नगरपालिका आएपछि रित्तो हात फर्कनु नपर्ने नगर प्रमुख चालिसेले जानकारी दिए ।
प्रतिकृया