• २३ भदौ २०८३, मंगलबार
  • १२ः१७ दिउँसो

बाइडेनले ओबामालाई भने-म फेरि राष्ट्रपति लड्ने हो

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०९:०६

७ बैशाख २०७९, काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को चुनावमा पनि आफू राष्ट्रपति लड्ने बताएका छन्। स्रोतहरूलाई उद्धृत गर्दै द हिलले उल्लेख गरेअनुसार बाइडेनले यो कुरा पूर्वराष्ट्रपति बाराक ओबामालाई सुनाइसकेका छन्।

National Life

दुई कार्याकाल ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका बाइडेनले आफ्नो योजनाबारे ओबामालाई कहिले जानकारी दिए भन्ने खुलेको छैन। अप्रिल पहिलो साता ओबामा राष्ट्रपति निवास ह्वाइटहाउस गएका थिए। त्यतिबेला उनले मजाक गर्दै बाइडेनलाई उपराष्ट्रपति भनेर सम्बोधन गरेका थिए। बाइडेनले ७८ वर्षमा अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा सपथ लिएका थिए। त्यसअघि कुनै पनि अमेरिकी राष्ट्रपति सपथ लिने बेला त्यति उमेर भएका थिएनन्।


२०२४ मा बाइडेन फेरि चुनाव लडेर जिते भने दोस्रो कार्यकाल सुरू गर्दा उनी ८२ वर्षका हुनेछन्। बाइडेनले यसअघि पनि आफ्ना सहयोगीहरूलाई फेरि चुनाव लड्नेबारे सुनाएका रिपोर्टहरू सार्वजनिक भएका थिए। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि २०२४ मा फेरि राष्ट्रपति लड्ने तयारी गरिरहेका छन्। ट्रम्पलाई हराउन सक्ने उम्मेदवार डेमोक्र्याटिक पार्टीमा अरू कोही नभएकाले उनलाई हराउन आफू राष्ट्रपति उठ्ने बाइडेनको भनाइ छ। सन् १९८८ र २००८ मा पनि राष्ट्रपति बन्न प्रयास गरेका बाइडेन तेस्रो प्रयासमा २०२० मा सफल भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया