• २३ भदौ २०८३, मंगलबार
  • ५ः०८ बेलुका

बालुवाटारमा मध्यरातसम्म छलफल, जनकपुरमा अल्झियो भागबन्डा

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०८:११

७ बैशाख २०७८, काठमाडौँ : सत्तारूढ पाँच दलका शीर्ष नेताहरूले महानगरपालिका भागबन्डा गरे पनि पमहानगरपालिकाबारे गए राति अबेरसम्म छलफल गर्दा पनि सहमति जुटाउन सकेका छैनन्। बालुवाटारमा गए राति १ बजेसम्म छलफल चलेको थियो। छ महानगरमध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर लिने भएको छ। यी ठाउँमा उपमेयर अन्य पार्टीबाट हुनेछन्।

National Life

बाँकी तीन महानगरमध्ये भरतपुर नेकपा माओवादी केन्द्रलाई, पोखरा नेकपा एकीकृत समाजवादीलाई र वीरगञ्ज जनता समाजवादी पार्टी नेपाललाई दिने सहमति छ। मेयर पाएका दलले उपमेयर फरक दललाई दिने सहमति छ। मंगलबार दुई चरणमा छलफल भएको थियो। राति अबेरसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमै थिए।


११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी छलफल भएको एक नेताले बताए। जनकपुर उपमहानगर जसपालाई दिने प्रस्ताव छ तर जनकपुरमा कांग्रेस र जसपाले दाबी गरेका छन्। कांग्रेसले वीरगञ्ज महानगर मेयर आफूहरूले छाडेकोले जनकपुरको मेयर पाउनुपर्ने दाबी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जनकपुर कसले लिने भन्नेमा सहमतिमा गठबन्धन पुग्न सकेको छैन। नेकपा माओवादी केन्द्रले घोराही र जितपुर-सिमरा पाउनेबारे छलफल भएको थियो भने नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महानगर र उपमहानगर भागबन्डाबारे दलहरू सहमति नजिक पुगिसकेको बताए दलहरूले उपमहानगरबारे आज बिहान ११ बजे फेरि छलफल गर्दैछन्।

प्रतिकृया