• 1:46 am

तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय कार्यक्रम सेञ्चुरी बैंकद्धारा सम्पन्न

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार ०६:४४

५ बैशाख २०७९, काठमाडौँ : सेञ्चुरी बैंकद्धारा तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय समापन सम्पन्न गरेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको हो । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको दिपक राइले बताए ।


तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेको छ भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको राइले जनाएका छन् ।


आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया