निलम्बित गभर्नरले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता
प्रकाशित मिति
२०७९ बैशाख ५ गते, सोमबार ०५:१३
५ बैशाख २०७९, काठमाण्डौं : नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आइतबार अधिकारीले अदालतमा पेस गरेको रिट निवेदन आज दर्ता भएको हो ।
निलम्बित गभर्नरमाथि छानबिन गर्न सरकारले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समितिसमेत बनाएको छ । समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।
सरकारले गैरकानुनी तबरबाट आफूलाई कारबाही गरेको अधिकारीको आरोप छ ।सरकारलाई सहयोग नगरेको, गोप्य सूचनाहरु चुहावट गरेकोलगायत आरोप लगाएर सरकारले अधिकारीलाई निलम्बित गरेको थियो ।
रिट दर्तासँगै रिटको पेसी पनि मंगलबारका लागि तोकिएको छ ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया