• २२ साउन २०८३, शुक्रबार
  • ५:५६ बेलुका

आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ११:२०

बैशाख १ २०७९, काठमाडौं : काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आज देखि सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।


नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

Kamana Sewa

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

Classic Tech Desktop

प्रतिकृया