• १६ असोज २०८३, शुक्रबार
  • ६ः११ बिहान

भूमध्य सागरमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ९० जनाको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र २१ गते, सोमबार ०२:४७

२१ चैत २०७८, काठमाडौं : आप्रवासी बोकेर लिबियाबाट युरोप तर्फ लागेको डुङ्गा भूमध्य सागरमा डुब्दा ९० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यसबारे जानकारी दिएका हुन् ।

National Life

‘अर्को भूमध्य सागरीय त्रासदीमा ९० भन्दा बढीको मृत्यु भएको छ । युरोपले युक्रेनबाट ४० लाख शरणार्थीहरूलाई उदारतापूर्वक र प्रभावकारी रूपमा आमन्त्रित गर्ने क्षमता प्रमाणित गरेको छ। यसले अब ढोका ढकढकाउने, संकटमा परेका अन्य शरणार्थी र आप्रवासीहरूलाई यो कसरी लागू गर्ने भनेर तुरुन्तै विचार गर्नुपर्छ’ ग्रान्डीको ट्विटमा उल्लेख छ ।


आप्रवासीहरू बोकेको भीडभाड भएको डुङ्गाले ‘धेरै दिन अघि’ लिबिया छोडेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार व्यावसायिक ट्याङ्कर एलेग्रिया १ ले ४ जना जीवितहरूलाई उद्धार गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘हामीलाई एलेग्रिया १ सँगको हाम्रो प्रारम्भिक सम्पर्कबाट थाहा भएको छ कि बाँचेकाहरू कम्तिमा चार दिनसम्म डुंगामै थिए । उक्त डुङ्गामा करिब १०० जना सवार रहेका थिए’ अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था मिद्सँ सँ फ्रन्टिये एमएसएफले ट्विटरमार्फत् जनाएको छ ।


उक्त सहायता समूहले रोम र माल्टाका समन्वय केन्द्रहरूलाई जीवित आप्रवासीहरूका लागि सुरक्षित स्थान तोक्न समेत आह्वान गरेको छ ।

प्रतिकृया