• 11:22 am

लोकतान्त्रिक समाजवादी पार्टीको बैठक : सरकारको विषयमा प्रश्न

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार ०२:४९

१७ चैत २०७८, काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बबरमहलस्थित लोसपाको कार्यालयमा सुरु भएको बैठकमा सरकारमा सहभागिता, स्थानीय तहको चुनाव, संगठन निर्माण, केन्द्रीय समिति निर्माण लगायतका एजेण्डामा छलफल हुनेछ ।


यसअघि बुधबारको बैठकमा आठजनाले आफ्नो धारणा राखेका थिए । उनीहरुले केन्द्रीय समितिलगायत बाँकी रहेका संगठन तत्काल गठन गरी पार्टीलाई चुनावमा होमिनुपर्ने सुझाव दिएका थिए । अरु पार्टीहरू एजेण्डासहित चुनावमा होमि सके, लोसपा अझै अलमलमा रहेको हुनाले यो बैठकबाट संगठनको काम सकाएर जिम्मेवारीसहित पार्टीलाई चुनावमा होमिनुपर्ने सुझावहरु आएको कार्यकारिणी सदस्य अकवाल अहमदले जानकारी दिए।


सरकारमा जाने विषय बाहिर आएकाले वास्तविकता नेतृत्व पंक्तिले बताउनुपर्ने धारणा नेताहरुले राखेका थिए । पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा अहिले सञ्चारमाध्यममा मात्र चर्चा भएको सो क्रममा बताएका थिए । मधेशको मुद्दा र एजेण्डाको विषय स्पष्ट नगरेसम्म सरकारमा सहभागी हुने कुरा नहुने कुरा उनले बैठकमा राखेका थिए ।

प्रतिकृया