• १८ असोज २०८३, आइतबार
  • १२ः१५ दिउँसो

सहकारीलाई ठगी खाने भाडो नबनाऔं

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०७:१५

१२ गते चैत २०७८ भक्तपुर : सहकारी क्षेत्रलाई ठगी खाने भाँडोको रुपमा उपयोग गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । सहकारीको नाममा विकृति बढ्दै गएको बताउँदै उनीहरुले सहकारी क्षेत्रले निम्न मध्यम वर्गका लगायत सबै जनताको हितमा समेत कार्य गर्नुपर्ने बताएका छन्।

National Life

भक्तपुर सूर्यविनायक नगरपालिका १ सिरुटारमा आज आयोजित जय गणपतिबचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बक्ताहरुले यस्तो भनाइ ब्यक्त गरेका हुन् ।


कार्यक्रममा वागमति प्रदेशका उद्योग राज्यमन्त्री रजनी जोन्छेले सहकारीको नाममा धेरै ठाउँमा ठगी भइरहेको बताउँदै सहकारी क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न लागिपर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले जय गणपति जस्ता नियम बमोजिम संचालित सहकारीले जनतामा बचत गर्ने बानीको बिकास गरी आर्थिक खाँचो टार्न सहयोगी बनेको बताउनुभयो ।


कार्यक्रममा संस्थाका अध्यक्ष रमण कायस्थले केही बर्ष अघि जय गणपतिबचत तथा ऋण सहकारीमा समस्या आएको भए पनि अहिले ऐन बमोजिम उत्साहजनक ढंगले सहकारी संचालन भैरहेको बताउनुभयो ।


सो अवसरमा सुर्यबिनायक नगरपालिकाका सहकारी प्रमुख राजेन्द्र श्रेष्ठ र सुनपा वडा नं.१का वडाध्यक्ष सानुकाजी कायस्थले सहकारीलाई ठगी खाने भाडो बनाउने प्रबृत्तिलाई निरुत्साहित गर्दै सहकारी अभियानलाई देशमा ब्याप्त गरिबी न्यूनिकरण र आर्थिक,सामाजिक रुपान्तरणका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा उद्योग राज्यमन्त्री जोन्छेले जय गणपति बचत तथा ऋण सहकारीले प्रकाशन गरेको नयाँ बर्ष २०७९ सालको भित्तेपात्रो बिमोचन गर्नुका साथै सहकारीले संचालन गरेको हवाई टिकट सेवाको समेत शुभारम्भ गर्नुभयो ।
सहकारीले यस अघि नै मनि ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया