• १६ असोज २०८३, शुक्रबार
  • ६ः०६ बिहान

नेपाल र चीनबीच ९ बुँदे समझदारी

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०६:२७

१२ चैत २०७८, काठमाडौं :  चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो ।

National Life

समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् ।


यस्तै चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस (haylage ) निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयमा भएको दुई समकक्षी मन्त्रीबीचको भेटवार्तामा विभिन्न आयामका बारे छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।


उनले -‘द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा सौहार्द रूपमा कुराकानी भएको छ । केही सम्झौताहरूमा दुई देशका बीचमा हस्ताक्षर पनि भएको छ ।


आर्थिक तथा प्राविधिक सहयोग लगायत विभिन्न विषयमा सम्झौता भएको छ ।’ ३ दिने नेपाल भ्रमणमा आएका मन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आइतबार उनी स्वदेश फर्कनेछन् ।

प्रतिकृया