• २६ भदौ २०८३, शुक्रबार
  • ११ः३२ राती

स्थानीय निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीलाई उम्‍मेदवार नबनाउन आग्रह

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०२:२७

१० चैत २०७८, काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीहरूलाई उम्‍मेदवार नबनाउन आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग,प्रदेश(१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरुलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो ।

National Life

‘आगामी २०७९ साल वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा स्रकिय प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गरी मानव अधिकार उल्लंघनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन आग्रह छ, ’ विज्ञप्तिमा भनिएको छ


साथै निर्वाचनमा समानुपाति समावेशी सिद्धान्तको आधारमा उम्मेद्वारी तय गर्न, निर्वाचन प्रचार–प्रसारको क्रममा आयोजना गरिने कार्यक्रमहरूमा बालबालिकाहरूको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै निर्वाचन अवधिमा हुने विभिन्न कार्यक्रमहरूमा घृणा, द्वैष फैलने जस्ता अमर्यादित किसिमका शब्दहरू कोही पनि उम्मेद्वार तथा नेतृत्वबाट व्यक्त नगर्न, निर्वाचन आयोगबाट जारी आचार(संहिताका विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ पालना गर्न पनि आयोगले अनुरोध गरेको छ ।

प्रतिकृया