• १८ असोज २०८३, आइतबार
  • २ः०७ दिउँसो

सरकारको चुनाव सार्ने कुनै मनसाय छैन : प्रधानमन्त्री

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०१:२०

७ चैत २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज बोल्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन् । ‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जाहेर गरेको छ,’ देउवाले भने, ‘सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन ।’

National Life

देश अहिले निर्वाचनको संघारमा रहेको भन्दै उनले स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा सबै लाग्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरको नगर अस्पताल पनि उद्घाटन गरेका छन् ।


नवनिर्मित अस्पताल ३५ शैया क्षमताको छ । प्रधानमन्त्री देउवा आजै पाँचथर र ताप्लेजुङ पनि जाने कार्यक्रम छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया