• २३ भदौ २०८३, मंगलबार
  • ११ः४२ बिहान

विदेशी मुद्रा संचिति बढाउन स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्न जरुरीः उपाध्यक्ष ढकाल

प्रकाशित मिति

२०७८ फाल्गुन २१ गते, शनिबार ०२:१९

२१ फागुन २०७८, काठमाडौँ :  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको संचिति बढाउन स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन ।

National Life

शुक्रबार राजधानीमा आयोजित नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन तथा साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले स्वदेशी उद्योगहरुले भोगेका समस्याहरुलाई समाधान गर्न पहल गर्ने हो भने यसले आयात प्रतिस्थापन गर्नुका साथै ठूलो मात्रामा बाहिरिने पुँजीलाई स्वदेशमै रोक्न सकिने बताए ।


“नयाँ नयाँ टेक्नोलोजि तथा गुणस्तरीय प्रविधिको अभावमा मुद्रण व्यवसायसँग सम्बन्धित वस्तुहरुको आयातमा मात्र ठूलो रकम मुलुक बाहिर जाने गरेको छ । यस सम्बन्धी समस्याको समाधान गर्दै स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्न सकेमा यसले आयात प्रतिस्थापन गर्दै अहिले बाहिरिएको ठूलो रकम मुलुकभित्रै रोक्न सकिन्छ”, उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

८० अर्बको बजार रहेको मुद्रण उद्योगको समस्या समाधन गर्न महासंघको तर्फबाट आफुले पहल गर्ने बताउँदै, उहाँले यसका लागि लिखित सुझावहरु पेश गर्न आग्रह गर्नभएको छ ।


आइएमई समुहका अध्यक्षसमेत रहेका ढकालले आफ्नो समुहले पनि कागज उद्योगमा लगानी विस्तार गरेको जानकारी गराए । “अहिले नेपालमा गुणस्तरीय कागज उत्पादन हुन सकेको छैन । यो अभावलाई ध्यानमा राखेर आइएमई समुहले कागज उद्योगमा लगानी विस्तार गरेको छ । यो नेपाल मै गुणस्तरीय कागज उत्पादनमा कोशेढुंगा सावित हुनेछ भन्ने हामीले विश्वास लिएका छौं”, उनले भने ।


सरकारी तथा निजी मुद्रण उद्योगबीचको विभेदको बारेमा बोल्दै उहाँले सरकारले सबै उद्योग व्यवसायलाई समान दृष्टिले हेर्नुपर्ने धारणा राखे । “सरकारी स्वामित्वका मुद्रण उद्योग तथा निजी क्षेत्रबाट सञ्चालित मुद्रण उद्योगबीच विभेद हुने गरेको गुनासो सुनेको छु । यदि त्यस्तो छ भने यसलाई तत्काल हटाउन जरुरी छ ।


महासंघ यहाँहरुको मागप्रति आफ्नो ऐक्यवद्धता जाहेर गर्छ र नेपाल सरकारले ल्याउने आगामि बजेटमा यसलाई समाधान गर्ने गरी कार्यक्रम ल्याउन संयुक्तरुपमा पहल गरौँ”, उनले भने ।

प्रतिकृया