रुसी परमाणु हतियार उच्च शतर्कतासहित तयारी अवस्थामा, जोखिम बढ्यो
प्रकाशित मिति
२०७८ फाल्गुन १७ गते, मंगलवार ०७:३०
१७ फागुन २०७८, काठमाडौँ : युक्रेन युद्धमा परमाणु हतियार प्रयोगको जोखिम बढ्दै गएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकलाई परमाणु हतियार तयारी अवस्थामा राख्न आदेश दिएपछि जोखिम उच्च बनेको हो ।
पुटिनको आदेश अनुसार रुसी सैनिकले परमाणु हतियार उच्च शतर्क अवस्थामा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी गतिविधिले विश्वमा फेरि एकपटक भयावह विनासको कारक बन्न सक्ने परमाणु हतियारको डर वास्तविक बनेको हो ।
रुसी राष्ट्रपति पुटिनले भने परमाणु हतियार उच्च शतर्क अवस्थामा राख्नुमा पश्चिमा देश दोषी रहेको आरोप लगाउँदै आएका छन् । बेलायती विदेशी मन्त्री लिज ट्रससहितका पश्चिमा अधिकारीको टिप्पणीका कारण आफूले परमाणु हतियारबारे सोच्नु परेको रुसको भनाइ छ ।
युक्रेनमा रुसी आक्रमणका सम्बन्धमा टिप्पणी गर्दा नेटो पनि युद्धमा सामेल हुन सक्ने शंकेत गरेका आफूहरु शर्तक बनेको पुटिनका प्रवक्ताले बताएका छन् । तर युक्रेन नेटो भन्दा बाहिर रहेकाले युद्धमा नेटो आवद्ध सैनिक सामेल छैनन् ।








प्रतिकृया