• २७ भदौ २०८३, शनिबार
  • ६ः३४ बिहान

सभामुखबाट सापकोटालाई हटाउने प्रस्ताव दर्ता हुनसक्ने

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार ०८:३९

१३ फागुन २०७८, काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउने प्रस्ताव कुनैपनि बेला आउने सम्भावना बढेको छ । नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति बनेमा सभामुख सापकोटालाई हटाउने गरी एक तिहाई सांसदको समर्थनसहित प्रस्ताव दर्ता हुने अवस्था बनेको हो । एमालेले एमसीसीमा साथ दिने भन्दै काँग्रेससँग सर्त अगाडि सारेको छ । जसमध्ये सभामुखबाट सापकोटाको बर्हिगमन प्राथमिकतामा छ ।

National Life

माधवकुमार नेपालसहित १४ सांसद हटाउने सूचना प्रतिनिधि सभाबाट टाँस्नुपर्नेसहित सत्ता साझेदारीको विषय पनि सर्त छन् । त्यसबारे काँग्रेस सकारात्मक भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार एमालेले काँग्रेससँग आलोपालो प्रधानमन्त्रीको प्रस्ताव पनि गरेको छ । त्यसमा भने देउवाले सहमति जनाएको बुझिएको छ । देउवाले आफ्नै नेतृत्वमा चुनाव गराउन चाहेका छन् । स्थानीय चुनाव देउवाले गरेपछि प्रतिनिधि सभाको चुनाव ओलीले गराउने गरी प्रधानमन्त्रीमा आलोपालो गर्ने बारे समेत कुराकानी भएको बुझिएको छ ।


सहमति बनेमा एमसीसीमा समर्थन गर्न एमाले तयार भएको छ । उसले सभामुख सापकोटाको बर्हिगमनको विषय राखेकोमा काँग्रेस पनि सकारात्मक भएको बुझिएको छ । यसकारण कुनैपनि बेला सापकोटा हटाउने प्रस्ताव जान सक्छ । सभामुख हटाउन दुई तिहाई चाहिन्छ । नेपाली काँग्रेस, नेकपा एमाले, जसपाको मत एकीकृत भएमा दुई तिहाई पुग्छ । तर, त्यो कठिन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया