• १८ असोज २०८३, आइतबार
  • १२ः०३ दिउँसो

‘तस्करी काण्डमा मलाई फसाईयो, दुई वर्ष भैसक्यो मेरो गाडी पनि कब्जा गरियो’ : द्रोण केसी

प्रकाशित मिति

२०७८ फाल्गुन ५ गते, बिहीबार ०६:३३

५ फागुन २०७८, काठमाडौँ : पीडित द्रोण केसीले सशस्त्र प्रहरी बल ३१ नं. गुल्म, नवलपुरबाट हुने गरेको तस्करी काण्डमा आफुलाई फसाईएको भन्दै तत्काल आफुले न्याय नपाए आत्महत्या गर्ने चेतावनी दिएका छन् । केसी रुकुम आठबिसकोट नगरपालिका वडा नम्बर ४ गोतामपुरका स्थायीवासी हुन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो गाडी विनासर्त फिर्ता गर्न र क्षतिपूर्ती दिनसमेत सरकारसमक्ष माग गरे । साथै, त्यसो नभए मर्नभन्दा अगाडी सरकारमा रहेका व्यक्तिहरुको नाम किटानी जाहेरी दिएर आत्महत्या गर्ने चेतावनी दिएका हुन् ।

National Life

बिना कुनै टेन्डर, बिना कुनै सुचना र बिल बिना सिमित व्यक्तिहरुको मिलेमतोमा आफ्नो गाडीमा सामान लोड गरेर आफुलाई फसाईएको उनको आरोप छ । ‘मेरो गाडी भाडामा लग्ने सशस्त्रबाट कपडा माल लोड गराउने मध्यस्तकर्ताको रुपमा रहेका मकवानपुर जिल्ला मनोहरी गाउँपालिका वडा नम्बर ३ का रामहरी लुईँटेल मसँगै हुँदाहुँदै पुलिस चेकिङ हुन थालेपछि भागे । तर, उनी आँफै भागे अथवा प्रहरीद्वारा भगाइएको हो भन्ने कुरा रहस्यमय छ’–उनले भने ।


यस्तै, आफुले नीज रामहरी लुईटेल र सशस्त्र प्रहरीको ३१ नम्बर गुल्म मुख्य तस्कर हुन भनेर लिखत उजुरी भन्सार बिभागमा दिएको तर, त्यसमा कुनै सुनुवाई नभएको उल्लेख गरे । ‘भन्सारले उनीहरुलाई बोलाएर बयान किन लिदैन् ? यसबाट शंका उत्पन्न भएको छ अथवा यसमा भन्सारकै कर्मचारीकै संलग्नता त छैन् ?’ भन्दै प्रश्न गरे । ‘मलाई ८ दिना थुनामा राखेपछि बिगो बराबरको दुई लाख ३० हजार ५ सय रुपैयाँ धरौटी लिई मलाई थुनामुक्त गर्यो । तर, रा १ च ९४३ नम्बरको मेरो गाडी आज दुईवर्ष हुँदासम्म पनि भन्सार कार्यालयको नियन्त्रणमै रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गाडीको बारेमा कुनै निर्णय गरिएको छैन्’–उनले भने । आफु विभिन्न सरकारी निकायमा न्यायको भिख माग्दै हिँडेको भएपनि कुनैपनि निकायबाट आजसम्म न्याय नपाएको उनको दुःखेसो छ। यस्तै, उनले दुई वर्षको अवधिमा ठूलाठूला अनुसन्धान हुनसक्ने भन्दै यति सानो मुद्दाको पनि अन्तिम फैसला हुन नसक्नुका पछाडि के कारण छ ? भन्दै उनले आक्रोश पोखे ।
‘यदि म पूर्ण रुपमा दोषी भए मलाई कारबाही गर्नुपर्छ । तर, निर्दोष भए सफाइ दिनुपर्यो ।


मुद्दालाई लम्ब्याउनुको अर्थ वास्तविक तस्करलाई उन्मुक्ति दिनुहुन्छ । र सोझो जनतालाई फसाउनु हुनसक्छ’–उनले भने ।
आफुले सम्पत्तिभन्दा इमान ठूलो कुरा भनेर श्रम गरेर खाएको भन्दै उनले सरकारले आफुलाई न्याय दिनुपर्नेमा उल्टो पीडा दिएको बताए ।

प्रतिकृया