• २३ भदौ २०८३, मंगलबार
  • १२ः५५ दिउँसो

एमसीसीविरुद्धको आन्दोलन ढुंगा प्रहार गरेपछि प्रहरीद्धारा अश्रुग्याँस प्रयोग

प्रकाशित मिति

२०७८ फाल्गुन ४ गते, बुधबार ०४:२१

फाल्गुन २०७८, काठमाडौं : एमसीसीको विरोधमा आज काठमाडौंमा प्रदर्शन हुँदा प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस प्रयोग गरेको छ । नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रदर्शनमा उत्रिएकाहरुले ढुंगा प्रहार गरेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परेको हो ।

National Life

प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउसमेत गरेको छ । अहिले प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ ।


भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी पक्राउ परेको र उनीहरूको यकिन संख्या आउन बाँकी रहेको कार्यालयका प्रवक्ता तथा एसएसपी किशोरसिंह राठौरले बताए । यसअघि बिहान ५० जना पक्राउ परेका थिए । उनीहरूमध्ये अधिकांश बन्दकर्ता छन् । केही भने प्रदर्शनकारी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए ।

प्रतिकृया