• २३ भदौ २०८३, मंगलबार
  • ५ः२८ बेलुका

फेसबुकको शेयरमा गिरावट, के याे मेटा पतनको सुरुआत हो ?

प्रकाशित मिति

२०७८ माघ २२ गते, शनिबार ०९:०८

२२ माघ २०७८, काठमाडौँ : सामाजिक सञ्जाल फेसबुक शुक्रबार १८ वर्ष पुगेको छ । यसको स्थापना सन् २००४ को फेब्रअुरीमा भएको थियो । कम्पनीको १८ वर्षको इतिहासमा पहिलोपटक यसका प्रयोगकर्ताको सङ्ख्या घटेको पाइएको छ । फेसबुकको माउ कम्पनी मेटा नेटवर्क्सका अनुसार सन् २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकको दैनिक प्रयोगकर्ताको सङ्ख्या १९३ करोडबाट घटेर १९२.९ करोड पुगेको हो ।

National Life

फेसबुकको कूल प्रयोगकर्ताको सङ्ख्यालाई हेर्दा १० लाख सङ्ख्या निकै कम हो । तर, कम्पनीकै इतिहासमा प्रयोगकर्ता घट्न सुरु गरेकाले यसलाई निकै महत्त्वका साथ हेरिएको छ । यो खबर बाहिर आएपछि अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जमा बिहीबार मेटा नेटवर्क्सको शेयरमा करिब २७ प्रतिशतले कमी आएको थियो । यसले गर्दा कम्पनीको बजार मूल्य २३७ अर्ब डलरले घटेको थियो । अमेरिकामा एकै दिनमा कुनै पनि कम्पनीको शेयरमा यति धेरै धेरै गिरावट आएको यो पहिलो पटक हो ।


मेटाका सीईओ मार्क जकरबर्गका अनुसार युवाहरु टिकटक र युट्यूबतर्फ आकर्षित भएपछि कम्पनीको सेल्स ग्रोथमा असर परेको हो । त्यस्तै, विज्ञापन दाताहरूले पनि लागत कटौती गरिरहेको उनको भनाइ छ । कम्पनीका प्रमुख वित्तीय अधिकारी डेव वेनर भन्छन्, ‘प्रतिस्पर्धी सेवाको बृद्धि दरमा नकारात्मक असर परिरहेको छ, विशेष गरेर युवाहरूमा ।’ गत वर्ष अक्टुबरमा फेसबुकले कम्पनीको नाम बदलेर मेटा राख्ने घोषणा गरेको थियो । जकरबर्ग अब मेटावर्स प्रविधिको विकासमा ध्यान केन्द्रीयत गर्न चाहन्छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया