• २७ भदौ २०८३, शनिबार
  • ३ः५६ राती

क्लास्सिक टेकले लन्च गर्यो देशकै उच्च गतिको इन्टरनेट प्याकेज

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ०५:४२

२८ पुस २०७८, काठमाडौं :  देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ प्याकेज सार्वजनिक गरेको छ । ५ जिएचजे राउटर र मेष वाइफाई ल्याएको क्लासिक टेकले इन्टरनेटको आवश्यकता र आफ्ना ग्राहकवर्गको सुविधालाई मध्य नजर गर्दै छिटो छरितो र कम मूल्यमा उच्च गतिको इन्टरनेट सुविधा टाक्एन प्याकेज ल्याएको हो।

National Life

नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको क्लासिक टेकले १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीको उद्देस्य “उच्च गतिको इन्टरनेट सेवा न्यून मूल्यमा सबै शहर तथा गाउँ घरमा मा पहुँच” हुने रहेको जनाएको छ । उक्त प्याकेज फेसबुक लाइभ मार्फत नया ब्राण्ड एम्बासेडर बिपिन कार्की द्वारा सार्वजनिक गरिएको हो।


टाक्एन प्याकेज मा १५० एमबिपिएस,२२५ एमबिपिएस,३२५ एमबिपिएस,६२५ एमबिपिएस र १००० एमबिपिएसको बिभिन्न प्याकेजहरु समायोजन गरिएको छ। साथै, १५० देखि १००० एमबिपिएससम्म को प्याकेज क्लास्सिकको वेवसाइट https://www.classic.com.np/ मार्फत लिन सकिने पनि जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले को बिध्यमान परिस्थिमा इन्टरनेट को महत्व झन् बढेर गएको र प्रयोगकर्ताहरुले भोग्नु पर्ने सम्भावित समस्याहरुलाई मध्यनजर राखेर टाक्एन प्याकेज ल्याएको कम्पनिले बतायो ।अहिले क्लास्सिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ताहरुको प्याकेज ६५० गुणा ले नि:शुल्क अपग्रेड गरिएको कम्पनिले बतायो । टाक्एन प्याकेज प्रयोग कर्ताले आइभीटिभी सित्तैमा प्रयोग गर्न सक्नुका साथै टाइम ब्याक सिस्टम रहेको जसमा केहि प्राबिधिक कारणबस सेवा अबरुद्ध हुन पुगेमा कम्पनीले त्यसको क्षतिपूर्ति बापत दिनहरु थप गर्न सकिने  पनि जनाएको छ ।

प्रतिकृया