• २८ भदौ २०८३, आइतबार
  • ३ः३३ दिउँसो

दुगड ग्रुपले आफ्नो ७५ औ जन्मोत्सवमा २५ विद्यार्थीहरुलाई छात्रवृति दिने घोषणा

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ०४:३३

२८ पुस २०७८, काठमाडौँ :  एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औ जन्म बर्ष परेकाले उनको ७५ औं जन्मोत्सवमा आर्थिक अवस्था कमजोर भएका विधार्थीहरुलाई छातवृति दिने घोषणा गरेको छ ।

National Life

दुगडले आफ्नो ७५ औं जन्म बर्षको नाममा कुनै पनि पार्टी, भोज भतेर, अनावश्यक जमघट, भेला आदी अनुत्पादन शिलको आडम्बरी कार्य नगरी एउटा छुट्टै तरिकाले बर्षै भरी नै मनाउने र यसलाई उत्पादन शिल मुखी बनाउने भन्ने निश्कर्ष निकालेको थिए ।


जन्मोत्सवको पूर्व सन्ध्यामा यस एमभी दुगड गु्रपका सम्पूर्ण कर्मचारीवर्गहरुले वृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी देशव्यापी रुपमा छरिएर रहेका आफ्ना शाखाहरुबाट ६६६ यूनिट रगत संकलन गरेको छ । त्यस्तै, जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछाप जील्लामा एम।भी।दुगडको आयोजनामा निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सोलुखुम्बु र रामेछाप जिल्लाको १. गोकुल गंगा, रस्नालु, २. प्रिती उमाकुण्ड, ३. भण्डार हस्पिटल ४. गुम्देल हेल्थपोष्ट, ५. चौलाखर्क हस्पिटल र ६. एमभी दुगड़ ग्रुप(हाइड्रो डिभिजन, किन्जा सिटी हाउजिङ्ग गरि विभिन्न ६ स्थानहरुमा शिविरको आयोजना गरिएको थियो । उक्त शिविरमा ७०/८० वर्षका वृद्धा बुवा/आमाहरु बढी लाभान्भित भएका छन् । शिविरमा कुल संख्या ९५० जनाले आँखा जाच गरेका थिए, जसमध्ये ६० जनाको मोतियाबिन्दुको र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यकृया गरिएको थियो ।


त्यसैगरि दुगड़का सम्पूर्ण कर्मचारीहरुले देशव्यापी रुपमै वृहत वृक्षरोपण कार्यक्रमको पनि आयोजना गरेका थिए । जसबाट नेपाल भरीको हाम्रा शाखाहरुबाट २७३५ वटा विरुवाहरु आँप, केरा, लिचि, अम्वा, अमला, असोका, तेजपत्ता, निम, पिपल, कपुर, मेवा, धुपी, मलेसियन साल, अनार, सरिफा, रुद्रक्ष, सपाटु लगायतका अन्य वोट विरुवाहरु विभिन्न सार्वजनिक ठाउँहरु, स्कुल, मन्दिर परिसर, रोडहरुको छेउमा, काठमाण्डौ र हेटौडा औद्योगिक क्षेत्र परिसर भित्र, डोलेश्वर महादेव र सम्पूर्ण एमभि दुगडको शाखाहरुमा पहिलो चरणको वृक्षरोपन गरिएको थियो ।

प्रतिकृया