• 4:07 pm

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०३:०८

२१ पुस २०७८, काठमाडौं :प्रतिनिधिसभाको बैठक दोस्रोपटक स्थगित भएको छ । आज बुधबार सूचना टाँसेर उक्त बैठक एक साताका लागि स्थगित गरिएको हो । भोलि बिहीबार२२ पुसका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणबस् सूचना टाँसेर स्थगित गरिएको हो ।


गत आइतबार ९१८ पुस०मा डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


गौतमका अनुसार अब प्रतिनिधिसभाको बैठक २८ पुस बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिकृया