• 8:42 am

ला लिगामा बार्सिलोना विजयी

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०९:२७

१९ पुस २०७८, एजेन्सी : स्पेनिस ला लिगामा बार्सिलोनाले आरसीडी मालोर्कालाई १-० अन्तरले पराजित गर्‍यो । क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो । जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ ।


उता रियल मड्रिडको ११ खेलसम्मको अपराजित यात्रा टुंगिदा क्याटलान क्लब बार्सिलोनाले भने जित हात पारेको छ । राति गेटाफेसँग १(० को अप्रत्याशित हारसङ्गै मड्रिडको अपराजित यात्रामा पूर्णबिराम लागेको हो ।


गेटाफेको जितमा एनेस युनलले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसअघि मड्रिड पछिल्लो पाँच अवे खेलमा अपराजित थियो । २० खेलबाट ४६ अंक जोडेको मड्रिड हारपछि पनि शीर्ष स्थानमा यथावत् छ । मड्रिडलाई पछ्याइरहेको सेभियाले १८ खेलबाट ३८ अंक जोडेको छ । तालिकामा १९ खेलबाट २३ अंक जोडेको गेटाफे १२औँ स्थानमा उक्लिएको छ ।

प्रतिकृया