• 2:42 pm

पछिल्लो २४ घण्टामा २०९ जना कोरोनामुक्त, २ संक्रमितको मृत्यु

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०५:०५

१८ पुस २०७८, काठमाडौँ :  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ ।


पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६३१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५७ लाख ०१ हजार ९४३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।

प्रतिकृया