हालसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण
प्रकाशित मिति
२०७८ पुष ११ गते, आईतवार ०७:५८
११ पुस २०७८ काठमाडौँ : विश्वकै सबैभन्दा शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा पठाइएको छ। शनिबार द जेम्स वेब नाम गरेको अन्तरिक्ष टेलिस्कोप अर्बिटतर्फ गएको हो। जेम्स वेब पृथ्वीबाट १.५ मिलियन किलोमिटरको यात्रा तय गरी अन्तरिक्षमा पुग्ने छ। प्राविधिक समस्याका कारण ढिलो गरी टेलिस्कोप अन्तरिक्षमा पठाइएको हो। यो टेलिस्कोप बनाउनका लागि तीन दशकमा अर्बौँ डलर खर्च भएको छ।
सो टेलिस्कोप फ्रेन्च गिआनामा रहेको अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो। अहिलेसम्मकै धेरै क्षमतायुक्त टेलिस्कोपले ब्रह्माण्डको उत्पत्ति तथा सौर्यमण्डलभन्दा बाहिर रहेका पृथ्वी जस्तै अरु ग्रहको खोजीमा सहयोग गर्ने वैज्ञानिकहरुले अपेक्षा गरेका छन्।
अमेरिकी अन्तरिक्ष संस्था नासाका पूर्वनिर्देशकको नामबाट नामकरण गरिएको टेलिस्कोपले हुबल टेलिस्कोपको पदचाप पछ्याउने छ। तर हालको टेलिस्कोपले ब्रह्माण्डको उत्पत्तिबारेमा थप जानकारी दिने विश्वास गरिएको छ।








प्रतिकृया