• ३ असोज २०८३, शनिबार
  • २ः२८ दिउँसो

रवीन्द्र मिश्रलाई सिके राउतको प्रश्न : विचारभन्दा माथि देश कसरी हुन्छ ?

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०१:३१

देश आफैंमा विचारबाट जन्मेको हो

National Life

८ पुस २०७८, काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गरेका छन् । मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराएका छन् भने सोही विचारका कारण पार्टीमा विग्रह आइरहेको बेला राउतले ट्वीटरमार्फत यस्तो प्रश्न गरेका हुन् ।


‘विचारभन्दा माथि देश रे देश आफैंमा विचारबाट जन्मेको हो’, राउतको भनाइ छ, ‘पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ रु’ उनले अगाडि थपेका छन्, ‘देश के पृथ्वी उत्पति हुँदाखेरि बनेर आएको थियो र रु कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’

Classic Tech Mobile
Classic Tech Desktop

राउत अहिले मधेस केन्द्रीत राजनीतिमा सक्रिय छन् ।

प्रतिकृया