• ३ असोज २०८३, शनिबार
  • ८ः४४ राती

पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०१:४६

८ पुस २०७८, काठमाडौं: पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् ।

National Life

उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्‍याएका छन् र घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटना इस्लामाबाद-पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो ।


हालै, पाकिस्तानको ठूलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीले पाकिस्तानमा सडक दुर्घटना बढ्दै गएका छन् ।
(एजेन्सी)

प्रतिकृया