• १८ असोज २०८३, आइतबार
  • ३ः०० दिउँसो

नाडाको नयाँ कार्यसमितिले पूर्णता पायो

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०७:३६

७ पुस २०७८, काठमाडौँ : अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को नयाँ कार्यसमितिले पूर्णता पाएको छ। बुधबार भएको निर्वाचनबाट नाडाको उपाध्यक्षमा राजनबाबु श्रेष्ठ विजयी भएका छन्। बुधबार नाडाको कार्यालयमा भएको निर्वाचनमा कुल २९ जनाले मत खसालेका थिए। कुल २९ जनाले खसालेको मतमा १८ मत ल्याएर श्रेष्ठ उपाध्यक्ष पदमा विजयी भएका हुन्।

National Life

प्रथम उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेका सुनिल रिजाल र निराकार श्रेष्ठको मत भने बराबर आएको थियो। मत बराबर आएपछि दुई वर्षको कार्यकाल आलोपालो गरेर जिम्मेवारी सम्हाल्ने भएका छन्। दुवैजनाले १४–१४ मत पाएका थिए। यससँगै कार्यकालको पहिलो वर्षको जिम्मेवारी रिजालले र दोस्रो वर्षको जिम्मेवारी श्रेष्ठलाई दिइने निर्णय भएको नाडाका नवनिर्वाचित अध्यक्ष ध्रुबवबहादुर थापाले जानकारी दिए।


यसैगरी संस्थागत उपाध्यक्षमा प्रदेश नम्बर १ का सुवास आचार्य २७ मत ल्याएर निर्वाचित भएका छन्। उनीसँगै प्रतिसपर्धामा रहेका गण्डकी प्रदेशका मोहनबाबु खड्काले १६ र लुम्बिनी प्रदेशबाट गणेश भट्टराईले १५ मत ल्याए। सचिवमा विक्रम सिंघानियाँ १७ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धि कपिल शिवाकोटीले १२ मत पाए। सहकोषाध्यक्षमा पंकज अग्रवाल १७ मत ल्याएर निर्वाचित भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै महासचिवमा पदमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भैसकेका छन् भने कोषाध्यक्षमा मिलनबाबु मल्ल पनि निर्विरोध निर्वाचित भए।अध्यक्ष थापाका अनुसार बुधबार बिहानै दीपक अग्रवाल, अभिमन्यु गोल्छा र सोहन श्रेष्ठ कार्यसमितिमा मनोनयन भइसकेका छन्। त्यसैगरी नेपाल राष्ट्र बैंकले गत सोमबार सवारीसाधनहरु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रुपमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेकोप्रति नाडाले आपत्ति जनाएको छ।


नाडाले मोटरसाइकल र कार, जीप, भ्यान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्थाले अटोमोबाइल व्यवसायीहरु मात्र नभइ उपभोक्ताहरु समेत ठूलो मारमा परेकोले उक्त निर्णयमा पुनर्विचार गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ।

प्रतिकृया