• १८ असोज २०८३, आइतबार
  • ४ः१९ बेलुका

सरकारी वकिलले बहिष्कार गरे प्रधानन्यायाधीश राणालाई

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०७:२१

७ पुस २०७८ काठमाडौँ : सरकारी वकिलहरुको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिष्कार गरेको छ। हरेक वर्ष आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयले यसपालि भने प्रधानन्यायाधीश जबरालाई नबोलाएको हो। महान्यायाधिवक्ता कार्यालयले आफ्नो स्थापना दिवसमा बिहीबार कार्की ब्यांकेटमा विशेष समारोहको आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ।

National Life

यसअघिका स्थापना दिवसमा प्रधानन्यायाधीशलाई विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरिन्थ्यो। तर यसपालि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार तथा सर्वोच्च बार एसोसिएसनको नेतृत्वमा भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै महान्यायाधिवक्ता कार्यालयले आमन्त्रण नगरेको बुझिएको छ। यद्यपि पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायलाई आमन्त्रण गरिएको छ।उनलाई सम्मान गर्ने तथा स्वागत मन्तव्यसमेत राख्ने कार्यक्रम छ।


महान्यायाधिवक्ता कार्यालयका एक सहन्यायाधिवक्ताका अनुसार प्रधानन्यायाधीश विवादमा परेको, राजीनामा माग्दै आन्दोलन भइरहेको, जबरालाई कुनै पनि कार्यक्रममा सहभागी नगराउन बारबाट पत्र आएको र सत्ता गठबन्धनले नै निकास (राजीनामा) दिन भनेकाले सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता खम्मबहादुर खातीको निर्देशनमा आमन्त्रण नगरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानन्यायाधीश नबोलाइएको कार्यक्रममा आन्दोलनकारी कानुन व्यवसायी भने बोलाइएको छ। आन्दोलनमा रहेका बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई आमन्त्रण गरेर शुभकामना मन्तव्यका लागि पनि समय छुट्याइएको छ। कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, पूर्वमहान्यायाधिवक्ताहरु, सरकारका मुख्यसचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, प्रहरी महानिरीक्षक, उपत्यकाका सरकारी वकिल तथा कर्मचारीलाई आमन्त्रण गरिएको छ।


कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थापना दिवस विशेष बुलेटिन विमोचन तथा पुरस्कार वितरण गर्ने कार्यतालिका छ। देउवाले शुभकामना मन्तव्यसमेत राख्ने छन्।

प्रतिकृया