• ७ असोज २०८३, बुधबार
  • १२ः०६ राती

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने, यस्तो छ कारण

प्रकाशित मिति

२०७८ पुष ४ गते, आईतवार ११:४७

४ पुस २०७८, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा एमाले सहभागी नहुनुमा प्रमुख दुई कारण रहेको जनाइएको छ ।

National Life

बैठकमा निम्ता गर्न फोन गरेका प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको दुईवटा कारण देखाएर सहभागी हुन नसक्ने जवाफ दिएका हुन् ।


‘हिजो प्रधानमन्त्रीज्यूले अध्यक्षज्यूलाई फोन गरेर सर्वदलीय बैठकका लागि निम्ता दिनुभएको थियो,’संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीज्यूलाई दुई कारणले उपस्थित हुन नसक्ने जानकारी दिनुभएको छ । पहिलो प्रतिपक्ष दलसँग कुनै सल्लाह नगरी औपचारिकता निभाउनका लागि बैठक आह्वान गरेको र दोस्रो जुन माग राखेर संसदमा अवरोध भइरहेको छ, त्यो हल गर्नतर्फ प्रधानमन्त्री अझै लाग्नु भएको छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

शनिबार साँझ फोन गरेर बैठकमा आउन आग्रह गरे पनि ओलीले एमालेसँग विभाजित भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरुलाई अझै स्वीकार नगरेका कारण उनीहरू उपस्थित बैठकमा नआउने प्रस्ट पारेको नेम्वाङको भनाइ छ ।

प्रतिकृया