• १८ असोज २०८३, आइतबार
  • ११ः४७ बिहान

देउवालाई विनाशर्त समर्थन गरेको प्रकाशमान सिंहको दाबी

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०९:४६

२९ मंसिर , काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको दाबी गरेका छन् ।

National Life

मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणको निर्वाचनमा आफूले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका लागि सम्झौता गरेको भन्ने ढंगका समाचारहरु आएको भन्दै नेता सिंहले त्यस्ता समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्


नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ ,निस्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ.

Classic Tech Mobile
Classic Tech Desktop

‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ’ नेता सिंहले विज्ञप्तिमा भनेका छन्, ‘ कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु।’

जय नेपाल

प्रकाशमान सिंह

सभापतिको उम्मेदवारीका लागि संस्थापन इतर समूहमा लगातार छलफल भए पनि साझा उम्मेदवार तय हुन नसकेपछि उनी सहित शेखर कोइराला मैदानमा उत्रिएका थिए ।

देउवाबाट अब पार्टी चल्न नसक्ने बताउँदै आएका नेता सिंहले दोस्रो चरणमा संस्थापन इतरका उम्मेदवार कोइरालाको सट्टा देउवालाई साथ दिएपछि पदका लागि उनले क्याम्प परिवर्तन गरेको भन्दै समाचारहरु सार्वजनिक भएका थिए ।


प्रतिकृया