• १७ असोज २०८३, शनिबार
  • १०ः०४ राती

कम्युनिस्टभन्दा काँग्रेसपछि पर्नुको कारणबारे समीक्षा हुनुपर्छ : नेता पौडेल

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०६:४४

२४ मंसिर , २०७८ काठमाडौँ :  काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसभन्दा कम्युनिस्ट किन पछि पर्‍यो भनेर समीक्षा गर्नुपर्नेमा बताएका छन् । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यसको समीक्षा गर्दै नेतृत्वले कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने र कार्यकर्ताले पनि नेतृत्वको मूल्याङ्कन गर्ने हैसियत राख्नुपर्ने धारणा राखे ।

National Life

‘हामीले विरोधीसँग प्रतिस्पर्धा गर्नलाई पार्टीलाई सक्षम बनाउन जरुरी छ । त्यसका लागि हरेक कुराहरूमा तयारीका साथमा हामी जानुपर्ने छ’, उनले भने, ‘जुन किसिमले राजनीति अघि बढिरहेको छ, नेपाल अवरुद्ध अवस्थामा छ । संसद् चलिरहेको छैन । सर्वोच्च अदालत अस्तव्यस्त अवस्था छ । सरकार गतिहीन छ । पार्टी भद्रगोल छ । परिवर्तनअनुसार हामी अघि बढ्न सक्यौँ कि सकेनौ ? आत्मसमीक्षा र आत्म मूल्यांकन गर्नुपर्छ । के कारणले कम्युनिस्ट भन्दा काँग्रेस पछि पर्‍यौँ यसबारे आत्मसमीक्षा गर्नुपर्छ ।’


काग कराउँदै छ र पिना सुक्दैछ भनेजस्तो गरिए पार्टी बन्न नसक्ने उनको भनाइ छ । उनले जनभावनाअनुसार पार्टी अघि बढ्नुपर्नेमा जोड दिँदै पार्टीभित्र झाँगिँदो विकृतिलाई अन्त्य गर्नुपर्नेमा समेत जोड दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले महाधिवेशनमा नीति र कार्यक्रमबारे गम्भीर छलफल गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको धारणा राखे । ‘नीति र कार्यक्रमबारे छलफल गर्नुपर्ने थियो । महाधिवेशनको व्यवस्थित कार्यतालिका हुनुपर्ने थियो । हडबडमा अधिवेशन सम्पन्न गर्नु परेको छ’, उनले भने, ‘हामी विधि पुर्‍याउने कुरामा मात्रै सीमित भएका छौँ । त्यो हाम्रो लागि चुनौतीको कुरा छ ।’

प्रतिकृया