• १७ असोज २०८३, शनिबार
  • ५ः२९ बेलुका

सभापति पदमा प्रकाशमान सिंहको दाबी कायमै

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ११:२८

२३ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् । काठमाडौंको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट आफू पछि नहट्ने बताएका हुन् ।

National Life

कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको सिंहको भनाइ छ ।


कांग्रेसको संस्थापनइतर समूहबाट सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला र केन्द्रीय सदस्य डा। शेखर कोइराला आकांक्षी छन् । शशांकले सहमति भए आफू पछि हट्ने बताएका छन् भने पौडेलले सिंह र शेखरबीच सहमति नभए सभापतिको रुपमा आफू अघि बढ्ने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया