• १७ असोज २०८३, शनिबार
  • १२ः२० दिउँसो

बिइङ ह्‍युमनका म्‍यानेजर ६९ लाखसहित पक्राउ

प्रकाशित मिति

२०७८ मंसिर १९ गते, आईतवार ०२:५३

१९ मंसिर २०७८, काठमाडौं : प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित बिइङ ह्‍युमनका म्‍यानेजरलाई पक्राउ गरेको छ । पक्राउ परेका उनी महानगरपालिका १ दरवारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलका म्‍यानेजर हिरोसी खनाल हुन् ।

National Life

महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो ।


उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ सयवटा ४९ बण्डल गरी ४९ लाख, नेपाली रुपैयाँ ५०० दरको १ सयवटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोला बरामद गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको महानगरीय परिसरले जनाएको छ ।

प्रतिकृया