• 1:43 am

कम्युनिष्टहरूबीच एकता फेरि आवश्यक छ : युवराज ज्ञवाली

प्रकाशित मिति

December 2, 2021

१६ मंसिर २०७८, काठमाडौं: नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको बताएका छन् ।


ज्ञवालीले भने , ‘ एमालेसामू चूनौति छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार ५ वर्ष चलाउन सकेनौं । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । हामीले कमिकमजोरी कहाँ रह्यो भनेर समिक्षा गर्नुपर्छ । हामीले विचार, प्रवृत्ति, सोच, दृष्टिकोणलाई समिक्षा गर्न जरुरी छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । मैले आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्छु । फेरि पनि वामपन्थीबीच एकता आवश्यक छ।’


उनले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने पनि दाबी गरे ।

प्रतिकृया