• १८ असोज २०८३, आइतबार
  • १२ः०२ दिउँसो

एमालेमा जनवाद सकियो, ओलीको डनवाद सुरु भयो : गगन थापा

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०३:०६

१२ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रमुख विपक्षी दल नेकपा एमालेमा विधिवत रुपमा जनवाद सकिएको र डनबाद सुरु भएको टिप्पणी गरेका छन् ।

National Life

आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको अधिवेशनको उद्घाटन कार्यक्रममा उनले एमालेमा अब ओलीको डनवाद सुरु भएको बताए ।


‘विधिवत रुपमा हिजोदेखि एमलेमा जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ’ उनले भने । चितवनको सौराहामा भइरहेको एमाले महाधिवेशनको बन्दसत्रलाई थापाले ओली शेसनको संज्ञा दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

एमालेको १० औं महाधिवेशनको शनिबार भएको बन्दशत्रले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको नामावली टुंगो लगाउने जिम्मा ओलीलाई दिएको थियो । सोही विषयलाई लक्षित गर्दै कांग्रेस नेता थापाले ओलीमा आन्तरिक लोकतन्त्र सकिएको र ओलीको डनवाद सुरु भएको टिप्पणी गरेका हुन् ।


उनले ओली कम्बोडियाका प्रधानमन्त्री हुन सेनको बाटोमा हिँडेको भन्दै हुन सेनले जस्तै ओलीले पनि विपक्षमा खडा हुने व्यक्तिलाई लखेट्ने गरेको बताए । १० औं महाधिवेशनबाट जनवाद गुमाएर आउने एमाले देशको प्रजातन्त्र मास्ने दिशामा अघि बढ्न सक्ने थापाले बताए ।


‘चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नो भित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ’ उनले भने, ‘‘ हिजो माओवादीलाई हतियारबाट बाहिर निकालेर संसदीय राजनीतिमा ल्याएको जस्तै एमाले बरालियो, बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली काँग्रेसले गर्न सक्नुपर्छ ।’

प्रतिकृया