• २१ असोज २०८३, बुधबार
  • १०ः२६ बिहान

कांग्रेस महाधिवेशन बैतडी : सभापति चन्दको समूहबाट १६, भट्टको समूहबाट १० निर्बाचित

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०५:११

१० मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीबाट २६ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्बाचित २६ मध्ये नवनिर्वाचित सभापति चतुरबहादुर चन्दको समूहबाट १६ र उनका निकटम प्रतिद्वन्द्वी शिवराज भट्टको समूहबाट १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्

National Life

खुलातर्फ केशवबहादुर चन्द ९६२२०, दिनेशप्रसाद भट्टले ९६१३०, लोकराज अवस्थी ९५५३०, दिनेशबहादुर चन्द ९५४७०, नरेन्द्रसिंह थापा ९५२१०, हरिमोहन भण्डारी ९५८१०, उत्तरबहादुर ऐर ९५६३०, कर्णसिंह साउँद ९५४९०, दीपकबहादुर बम ९५४४० र कृष्णसिंह नायक ९५२३० महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।


यस्तै खुला महिलातर्फ पुनम पाल बम ९५४८०, जानकी भट्ट ९५१४०, तुलसी ठगुन्ना ९५०१० र मीना चन्द ९४९२०, खस आर्य पुरुषतर्फ दीपेन्द्र बम ९६०६०, सुरेन्द्रसिंह ऐर ९५०६० र नरेन्द्रप्रसाद भट्ट ९५०००, तेजबहादुर चन्द ९५४३०, कपील केसी ९५२५०, खस आर्य महिलातर्फ कान्ता चन्द शाही ९६०१०, सरस्वती कोली ९५६२०, कौशिला चन्द ९६२५० र लक्ष्मी शाह चन्द ९५४७० मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी अपाङ्गतातर्फ ईश्वरीदत्त भट्ट ९६०८० र दलिततर्फ सुरत पार्की ९६२७० निर्वाचित भएका छन् भने आदिवासी जनजातितर्फ किरणकुमार राई महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । यसअघि जिल्ला पदाधिकारीमा एक उपसभापतिबाहेक सबै पदमा चन्द समूह विजयी भएको थियो । बैतडीमा एक हजार ४०२ प्रतिनिधिमध्ये एक हजार ३४८ जना मतदानमा सहभागी भएका थिए ।

प्रतिकृया