• 3:36 pm

राजनीतिमा एकअर्कालाई खुइल्याउने काम बन्द गरौँ : चित्रबहादुर केसी

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०४:४०

१० मंसिर २०७८ काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुइल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् ।


चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताए ।


देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनको भनाइ छ ।

प्रतिकृया