• ३ असोज २०८३, शनिबार
  • २ः०४ दिउँसो

जलवायु असरबारे बुझ्न अमेरिका, बेलायत र अष्ट्रेलियाली राजदूतहरुले नेपाल घुम्ने

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार ०२:०२

२७ कार्तिक, २०७८ काठमाडौँ :  नेपालमा जलवायु संकटको असरबारे अध्ययन गर्न तीन शक्ति राष्ट्रका राजदूतले संयुक्तरुपमा नेपाल भ्रमण गर्ने भएका छन् । अमेरिकी राजदूत र्‍यान्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले मुलुकका प्रमुख पर्यटकीय थलोहरु घुम्न लागेका हुन् ।

National Life

अमेरिकी दूतावासले विज्ञप्तिमार्फत भनेको छ, ‘जलवायू परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरु तथा वातावरणमा पारेको असरी लगायतका कुरा थाहा पाउन तीनजना राजदूत संयूक्त भ्रमणमा निस्कने तयारीमा हुनुहुन्छ ।’ राजदूत बेरीले आफूसहितका तीनैजना राजदूत मुगुस्थित रारा राष्ट्रिय निकुञ्ज जान लागेको बताएका छन् ।


राष्ट्रसंघीय जलवायू सम्मेलन कोप-२६ अध्यक्ष मुलुक बेलायत, अष्ट्रेलिया र अमेरिकाले जलवायू चुनौतिसँग लड्न नेपाललाई जलवायू लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया